मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
Invalid date format १८:२o:oo
Read Time : < 1 मिनेट
अर्थ

माथिल्लो काबेलीको इन्टेकदेखि अडिटसम्मको सुरुङमार्ग ‘ब्रेक थ्रु'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

ताप्लेजुङको सिरिजंगा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु' भएको छ। इन्टेकदेखि अडिटसम्मको एक हजार सात सय ७२ मिटर लामो सुरुङमार्ग आज ‘ब्रेक थ्रु'भएको हो।

अडिटबाट आउटलेटसम्मको सुरुङमार्ग निर्माण धमाधम भइरहेको आयोजनाका व्यवस्थाक प्रकाश ढुंगानाले बताए । उनले अब अडिटबाट आउटलेटसम्मको एक हजार तीन मिटर सुरुङमार्गको काम धमाधम भइरहेकोसमेत जानकारी दिए। 

जलविद्युत् आयोजनाका व्यवस्थापक ढुंगानाले २८ दशमलव १ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको सुरुङमार्ग ब्रेक थ्रुसँगै अब निर्माणको काम अझै गति लिने बताए। सिरिजंगा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य क्षेत्र रहेको ढुंगानाले जानकारी दिए। 

आयोजनाकाे कुल लागत पाँच अर्ब ६४ करोड रुपैयाँ रहेको व्यवस्थापक ढुंगानाको भनाइ छ ।