मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ५ सोमबार १८:o८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दीपकराज विश्वकर्माको ‘चोर्‍यो मायाले’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १८:o८:oo

दीपकराज विश्वकर्माको शब्द तथा संगीत रहेको ‘चोर्‍यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ।

माया, प्रेम र धोकालाई मुख्य विषय बनाइएको  गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन्। भिडियोमा उनीसहित मोडल आश्मा विश्वकर्मा र बिजु पार्कीको अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन्। गीत गायक गजमेरको अफिसियल युट्युब च्यानल ‘नारायण गजमेर’बाट सार्वजनिक गरिएको छ। विश्वकर्माको बग्यो गण्डकी, कसले बनायो पैसा भन्ने चिज, चाहिँदैन। तिमीविनाको सुनैको दरबारजस्ता गीतहरू बजारमा चर्चित छन्।