मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 यू–१४ टोली डाना कपमा सहभागी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

संस्कृति इन्टरनेसनल स्कुलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ ।

आगामी २१ देखि २६ जुलाईसम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने विश्वप्रसिद्ध डाना कप सेभेन ए साइडमा संस्कृति स्कुलका युवा खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

डाना कपमा ४५ भन्दा बढी देशका एक हजार एक सय टोलीले भाग लिनेछन् । संस्कृति टोलीलाई औरियम स्पोर्टस् एकेडेमीले प्रशिक्षण र नेतृत्व गरिरहेको छ ।