
कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रमुख क्रिकेट फ्रेन्चाइज टिम ‘विराटनगर किंग्स’ले भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सी नियुक्त गरेको छ । यो रणनीतिक साझेदारीले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने, फराकिलो दर्शकवर्गसँग संलग्नता बढाउने र समग्र मार्केटिङ पहललाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको बताइएको छ ।
भी–चित्र, डिजिटल मार्केटिङ, ब्रान्ड विकास, दर्शक संलग्नता र पिआर व्यवस्थापनमा सशक्त अनुभव राख्ने एक स्थापित मार्केटिङ एजेन्सी हो । यसले अब विराटनगर किंग्सको सम्पूर्ण मार्केटिङ र सञ्चार प्रयासको जिम्मेवारी सम्हाल्नेछ ।