
फोनेक्स इन्स्पिरेसनले नेपालमा पहिलोपटक ‘नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेसनले दुई देशको संस्कृति आदान–प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेसनका अध्यक्ष विनोद ब्लोनले जानकारी दिए ।
‘नेपाल–चीनका विद्यार्थीहरू शुक्रबार २ साउनमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्नेछन्,’ उनले भने । ‘कार्यक्रममा दुई देशको संस्कृति झल्काउने गीत, नृत्य तथा कविता पस्किनेछन् ।’
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोषकुमार पाण्डेले दुई देशबिच हुने यस्ता कार्यक्रमले नेपाल–चीनको सम्बन्ध अझ प्रगाढ बनाउने बताए । नेपालबाट शिक्षक र विद्यार्थी गरेर ७० जना र चीनतर्फको पनि सोही संख्यामा शिक्षक र विद्यार्थी कार्यक्रममा सहभागी हुनेछन् ।
नेपालतर्फबाट ७० जनाको टोलीले जुलाईको पहिलो हप्ता चीन भ्रमण गरेको थियो भने चिनियाँ पक्ष बुधबार नेपाल आइपुगेका छन् । साउन २ गते हुने सम्मेलनमा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथिको रूपमा रहनेछन् भने चीनतर्फबाट राजदूत छन् सोङ सहभागी हुनेछन् ।