मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँचाइमा प्रयोग बिजुलीको आधा महसुल गाउँपालिकाले तिरिदियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले किसानले सिँचाइका लागि प्रयोग गरेको बिजुलीको महसुलको ५० प्रतिशत तिरिदिएको छ।

छिन्नमस्ताका ५९७ किसानको विद्युत् महसुलबापतको चार लाख ३३ हजार ३२६ रुपैयाँको चेक पालिका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् प्राधिकरण कार्यालय राजविराजलाई हस्तान्तरण गरेका हुन्।

‘किसानको जीवन सहज बनोस्, सिँचाइको पहुँच सबैसम्म पुगोस् भन्ने उद्देश्यका साथ हामीले विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै मास्टरमिटर प्रणालीको प्रयोग सुरु गरेका छौँ,’ अध्यक्ष चौधरीले भने, ‘यसले विद्युत् उपयोग प्रक्रिया अझ सरल बनाउनेछ र अझ धेरै किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनेछ। जसबाट कृषिमा आत्मनिर्भरता र उत्पादन दुवै बढ्नेछ।’

मधेशमा फैलिएको खडेरी र पानीको संकटको कारण किसान आकासेपानीको भरमा खेती गर्न बाध्य रहेकाले यस स्थितिलाई बदल्न किसानलाई सक्दो चाँडो विद्युतीय सिँचाइ प्रणालीसँग जोड्ने प्रयासलाई सशक्त बनाउने उनको भनाइ छ।

‘हाम्रो प्रयास किसानको पसिनाको कदर गर्न, संकटका वेला सरकार नजिक छ भन्ने अनुभूति दिलाउन र समृद्धिको मूल बाटो कृषिमा छ भन्ने सन्देश दिने हो,’ उनले भने, ‘छिन्नमस्ता गाउँपालिका हरेक किसानप्रति उत्तरदायी रहन प्रतिबद्ध छ।’