मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३१ मंगलबार १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदनमा नौटंकी बन्द गर्न रास्वपा र राप्रपालाई सांसद गिरीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १४:११:oo

सांसद दीपक गिरीले रास्वपा र राप्रपाका सांसदहरूलाई संसदमा नौटंकी बन्द गर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गिरीले सदन बोल्न चाहिन्छ भने बहिष्कार किन गरेको भनी प्रश्न गरेका छन् ।

आफ्नो कुरा राख्ने अनि संसद् अवरुद्ध गर्न पाइन्छ ? भन्दै प्रश्न गरे । उनले सभामुखले पहिलो, दोस्रो र तेस्रो पार्टीका सांसदलाई बोल्न नदिएर रास्वपा र राप्रपाका सांसदलाई  मात्र बोल्न दिएको आरोप लगाए । उनले ठुला पार्टीका सांसदलाई बोल्न दिनका लागि पनि सभामुखसँग आग्रह गरे ।

उनले जसले गणतन्त्र मान्दिनँ भन्छ उसैको संसदमा चर्काे स्वर भन्दै आन्दोलन नै गर्न परे संसद्बाहिर गर्न सुझाए । लोकतन्त्र र गणतन्त्रको बर्खिलापमा उत्रिनेहरूलाई संसद् अवरुद्ध गर्ने अधिकार नभएको उनकाे भनाइ छ ।।