मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका रुकुम पश्चिम
२o८२ असार ३१ मंगलबार १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवजात शिशु र आमाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १२:३७:oo

रुकुम जिल्लाको आठबिसकोट नगरपालिका– ४, गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । आज बिहान  गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको नवजात शिशुलाई नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । 

सोमबार बिहान जन्मेको शिशुको श्वास–प्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकाेप्टरमार्फत सुर्खेत पठाइएको आठबिसकोट  नगरप्रमुख रवि केसीले जानकारी दिए।

 नगर अस्पतालमा उपचार सम्भव नभएपछि विक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो । नगरपालिकाको  सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।