
इंग्ल्यान्डले सोमबार भारतविरुद्धको तेस्रो टेस्टको पाँचौँ दिनमा २२ रनको रोमाञ्चक जित निकालेको छ । जितसँगै इंग्ल्यान्डले पाँच टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । इंग्ल्यान्डले जितका लागि एक सय ९३ रन दिएको थियो । लर्ड्स मैदानमा सहज देखेको लक्ष्य पछ्याएको भारत एक सय ७० रनमा समेटिँदा इंग्ल्यान्डले बाजी मारेको हो ।
पहिलो इनिङ्समा इंग्ल्यान्डले तीन सय ८७ रन तथा दोस्रो इनिङ्समा एक सय ९२ रन जोडेको थियो । भारतले पहिलो इनिङ्समा तीन सय ८७ रन बनाएको थियो । दोस्रो इनिङ्समा भारतका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा इंग्लिस बलर हाबी भए । इनिङ्सको एक समय भारत ८२–७ को नाजुक स्थितिमा थियो । नितीशकुमार रेडी र रवीन्द्र जडेजाले आठौँ विकेटका लागि ३० रनको साझेदारी गर्दै टोलीलाई ११२–८ को अवस्थामा राखे ।
जडेजाले अन्तिमसम्म भारतलाई जितको आशा दिलाएका थिए । उनले जसप्रित बुमरासँग नवौँ विकेटका लागि ३५ रन जोडे । भारतले आठौँ र नवौँ विकेट गुमाउँदा जडेजाले लगभग सबै स्ट्राइक आफूमा राखेका थिए । उनले ओभरको अन्तिम बलमा रन लिँदै स्ट्राइक लिएका थिए । तर, उनलाई पुछारका ब्याट्सम्यानले गतिलो साथ दिएनन् । नितीशले ५३ बलमा १३ चौका प्रहार गरे ।
अन्तिमसम्म आउट नभएका जडेजाले एक सय ८१ बलमा ६१ रन जोडे । तेस्रो टेस्टमा इंग्ल्यान्डका वेन स्टोक्स म्यान अफ दी म्याच भए । उनले पहिलो इनिङ्समा ४४ रन जोड्नुका साथै दुर्ई विकेट लिए । लक्ष्य रक्षा गरेको इनिङ्समा उनले तीन विकेट हात पारे ।