मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकिङ क्षेत्र सुधार्न कार्यदलले बुझायो प्रतिवेदन

पुँजी बजारमा राष्ट्र बैंकको हस्तक्षेप रोक्न सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

पुँजी बजारमा नेपाल राष्ट्र बैंकको हस्तक्षेप रोक्नेलगायतका सुझावसहित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको छ । सोमबार डा. रेवतबहादुर कार्की संयोजक रहेको कार्यदलले गभर्नर प्राडा विश्वनाथ पौडेललाई प्रतिवेदन बुझाएको हो ।

पुँजी बजारमा हुने कर्जा प्रवाह बैंक र ग्राहकको समझदारीका आधारमा हुनुपर्ने संयोजक डा. कार्कीको भनाइ छ । त्यस्तै, कृषि, ऊर्जालगायतका क्षेत्रमा जाने निर्देशित कर्जाको व्यवस्था पुनरावलोकन गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बैंक र तिनका शाखा नेपाल प्रयास गर्ने, बैंक तथा वित्तीय संस्थामाथि नियमन कम र सहजीकरण बढी गर्नुपर्ने, ग्रामीण क्षेत्रमा राष्ट्र बैंक कार्यक्रम चलाउनुपर्ने, युवालाई सूचना प्रविधिका क्षेत्रमा प्रोत्साहित गर्नुपर्ने, सहुलियतपूर्ण कर्जालाई पुनर्विचार गर्नुपर्ने सुझाव दिएको डा. कार्कीले जानकारी दिए ।