मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढीगंगा नदीले बगाएर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

बुढीगंगा नदीले बगाउँदा सोमबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

प्रनाउ हवारीका अनुसार बुढीगंगा नगरपालिका ३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा बुढथापालाई नदीले बगाएको हो। सोमबार बिहान घरबाट दाउरा ल्याउन निस्केका उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको हो।

मृतक बुढथापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरी नायब उपरीक्षक हवारीले बताए।