मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली प्रमाणपत्र मुद्दामा चिकित्सक र शिक्षकलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

विशेष अदालतले नक्कली प्रमाणपत्रका दुई मुद्दामा सफाइ दिएको छ। आइतबार विशेषले एक चिकित्सक र एक शिक्षकविरुद्ध दायर मुद्दामा सफाइको फैसला गरेको हो।

विशेषका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। गत वर्ष २३ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संगीताकुमारी साहउपर मुद्दा दायर गरेको थियो।

साहले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वरमा अधिकृत आठौँ तहको होमियोप्याथी चिकित्सक सेवा करारको विज्ञापनमा नाम निकालेकी थिइन्। तर, उनको माध्यमिक तहको प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरी मुद्दा चलाएको थियो।

साहले बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनी झुटा प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी थियो। तर, यस मुद्दामा साहले सफाइ पाएकी छिन्।

यसैगरी, सोही इजलासले गोपालप्रसाद खनाललाई पनि सफाइ दिएको छ। चितवनको खैरहनी नगरपालिका–६ स्थित मावि द्वितीय तहको शिक्षकका रूपमा कार्यरत खनालविरुद्ध पनि अख्तियारमा उजुरी परेको थियो। 

खनालले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको भन्दै उनीमाथि मुद्दा चलाइएको थियो। गत ३१ वैशाखमा दायर मुद्दामा उनलाई विशेषले सफाइ दिएको हो।