मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु अस्पताल जोड्ने सडकको लेदो पन्छाउन स्वास्थ्यका कर्मचारी आफैं जुटे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

जिल्ला अस्पताल मुगु जोड्ने सडकमा लेदो जमेपछी स्वास्थ्य कार्यालयका कर्मचारीले आफैं जुटेर लेदो पन्छाएका छ्न। बिहिवार राती परेको ठुलो बर्षाका कारण जिल्ला सदरमुकाम गमगढी बजारबाट गएको पानीले अस्पताल जाने सडकको ठाँउ ठाउमा लेदो जमेर एम्बुलेन्स अन्य सवारी साधन आउँजाउमा समस्या भएपछि जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल मुगुका कर्मचारी मिलेर शुक्रबार बिहान सडकको लेदो पन्छाएका हुन ।

बजारबाट आएको बाडिले सडक्मा लेदो जमेर एम्बुलेन्स र अन्य सवारीसाधन चिप्लिने र आउँजाउमा समस्या भएपछि स्वास्थ्यका कर्मचारी जम्मा भएर गैटी बेल्चा कोदालो लिएर सडकको लेदो पन्छाएको जिल्ला अस्पताल मुगुका डाक्टर दिपेन्द्र जङ्ग शाहीले जनाए ।

रेडक्रस तल देखि अस्पताल पुग्ने  सडकमा पटक पटक लेदो जम्ने र आवतजावत गर्न समस्या हुने गरेको उनले बताए ।  कर्मचारी सबैको पर्यास पछि अहिले सडक सुचारु भएको छ र  आवतजावतमा सहज भएको उनले भने, तर पनि फेरि पानी पर्दा समस्या उस्तै हुने देखिएको उनले बताए । उनले यस्को दीर्घकालीन समादानका लागि सरोकार वाला निकाय संग आग्रह समेत गरे ।

अबरोध सडकको लेदो पन्छाउन डा. दिपेन्द्र जङ्ग शाही, डा. उदय मल्ल, डा. सन्तोष उपाध्याय, अन्य स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यलायका कर्मचारी गरेर १०/१२ जनाको टोलि  सडक खोल्न जुटेका थिए ।