मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २५ बुधबार १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराजदूत पदम सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार १४:५६:oo

दलित आन्दोलनका अग्रज  तथा पूर्वराजदूत पदम सुन्दास यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’बाट सम्मानित भएका छन्।

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित एक लाख १० हजार राशिको यो पुरस्कार गत सोमबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दासलाई हस्तान्तरण गरे।

सामाजिक न्याय, समानता र समावेशिताको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै मानव अधिकार तथा शान्ति समाजले पूर्वराजदूत सुन्दासलाई यो पुरस्कार प्रदान गरेको जनाएको छ। सुन्दास समता फाउन्डेसनका संस्थापक अध्यक्ष तथा बहराइनका लागि नेपालका पूर्वराजदूतसमेत हुन्।

२००२ असार ३२ गते भोजपुरमा जन्मिएका सुन्दास विगत ६ दशकभन्दा बढी समयदेखि सामाजिक न्यायका क्षेत्रमा निरन्तर क्रियाशील छन्। सिभिल इन्जिनियरिङमा डिप्लोमा हासिल गरेका सुन्दासले ०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्रको राष्ट्रिय सल्लाहकार समिति सदस्यका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

विशेषगरी ०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि गरिएको तीनमहिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा उनले नागरिक समाजको संयोजकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।