मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
कमल खत्री म्याग्दी
२o८२ असार २५ बुधबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले पुरिएर बाबुको मृत्यु, छोरा बेपत्ता

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार १४:४८:oo

म्याग्दीको मालिका गाउँपालिका– ३, डाँडागाउँको लुक्सिपारमा पहिरोमा पुरिएर बाबुको मृत्यु भएको छ भने छोरा बेपत्ता भएका छन्।

घरनजिकै खोलामा दाउरा लिन गएको समयमा माथिबाट खसेको पहिरोमा पुरिएर ३५ वर्षका जगेन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।  बुबासँगै  गएका १२ वर्षका सरोज विक पहिरोमा पुरिएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

अहिले बेपत्ता सरोजलाई स्थानीयवासीले पहिरो गएको ठाउँमा खोजी गरिरहेका छन्। घटनालगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ।

लुक्सिपार खोलामा दाउरा लिन गएको समयमा माथिबाट पहिरो खसेर दुवैजनालाई पुरेको मालिका गाउँपालिका– ३ का वडासदस्य कुलबहादुर बुढाले जानकारी दिए। बाढी र पहिरोका कारण लुक्सिपार जाने अधिभारादेखि डाँडागाउँ जोड्ने सडक अवरुद्ध छ। अधिभारादेखि घटनास्थल पुग्न करिब तीन घण्टा पैदलयात्रा गर्नुपर्छ।