१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format २o:२९:oo
Read Time : < 1 मिनेट
समाचार

भाउजूको हत्या आरोपमा वृद्ध पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format २o:२९:oo

भाउजूको हत्या आरोपमा मोरङ रतुवामाई नगरपालिका–६ का ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका छन्। उनले ६० वर्षीया भाउजूलाई अंशबन्डाको विषयमा उत्पन्न विवादपछि हत्या गरेको आरोप छ। 

बोल्न नसक्ने (बौद्धिक अपांगता) भाउजू टीकामाया कार्कीमाथि उनले धारिलो हँसिया प्रहार गरेर हत्या गरेको आरोप छ। अंशको झगडामा रिस थाम्न नसकेपछि हँसिया प्रहार गरेर २१ असारमा वृद्धा भाउजूको हत्या गरेका थिए। टीकामायाको शव मकैबारीमा फेला परेको थियो। 

अनुसन्धानपछि भाउजूको हत्या ६० वर्षीया देवर टंकबहादुरले हँसिया प्रहार गरेको खुलेपछि इलाका प्रहरी सिँजुवाले २३ असारमा देवरलाई घरबाटै पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। हाल उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।