१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गर्दैगर्दा बाढीले बगाएको चिता । तस्बिर :  अर्जुन श्रेष्ठ/नयाँ पत्रिका 
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार

त्रिशूलीमा तीनजनाको शव फेला, जल्दै गरेको चिता बाढीले बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

रसुवागढीमा आएको बाढीले बगाएकाहरूमध्ये धादिङमा तीनजनाको शव फेला परेको छ। शवसँगै अन्य दुईवटा मानव खुट्टासमेत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। 

प्रहरी नायब उपरीक्षक हमालका अनुसार गल्छी गाउँपालिका–२, केउरेनीटारस्थित खोला किनारमा एक, गजुरी गाउँपालिका–६, बेल्खुमा एक र बेनिघाट रोराङ गाउँपालिका–७, चरौदीमा एकजनाको पुरुषको शव फेला परेको हो। गजुरी गाउँपालिका–२, मलेखुमा दाहिने खुट्टा र बेनिघाट रोराङ गाउँपालिका–३, लामाबगरमा त्रिशूली नदीकिनारमा अर्को एउटा दाहिने खुट्टा फेला परेको हो। शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। बेपत्ता अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। 

जल्दै गरेको शवसहितको चिता बाढीले बगायो
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदीनजिकै त्रिशूली नदीकिनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। बेनिघाट रोराङ गाउँपालिका–७ की ८० वर्षीय राममाया चेपाङको चरौँदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गर्दैगर्दा बाढीले जलिरहेको चिता बगाएको हो। 

हमालका अनुसार शव जल्दै गर्दा एक्कासि बाढी आयो। जलिरहेको चिता बाढीले बगायो। जलेर सकिनै लागेको चिता बाढीले बगाएको हो।