१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमताल फुटेर भाेटेकाेशीमा बाढी आएकाे प्रारम्भिक अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:२१:oo

हिमताल फुटेका कारण रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको आशंका गरिएको छ । जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रूपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ । 

विभागले भनेको छ, ‘प्रारम्भिक रूपमा यो बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन ।

भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ।’