१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकृति रिसोर्ट ट्राभल लाइभ प्रमाणीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ-३ मा रहेको प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म बेलायतको प्रतिष्ठित ट्राभललाइभमा प्रमाणीकरण भएको छ।  वातावरणमैत्री पूर्वाधार विकास, अर्गानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण भएकाे मंगलबार काठमाडाैंमा आयोजित कार्यक्रममा जानकारी गराइयाे।

रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल तथा यूएनटीओको दीगो विकास लक्ष्यमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइभ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले बताए। 'यो उपलब्धीले रिसोर्टको दीर्घकालीन दिगो अभ्यासहरुमा मान्यता दिने र नेपाली पर्यटन उद्योगमा दिषो प्रवृतिको विकास गर्न प्रेरणा मिलेको छ,' उनले भने। ट्राभललाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्‍वबजारमा उत्तरदायी र जलवायु(मैत्री गन्तव्यको रुपमा स्थापित गर्न मद्दत पुर्‍याउने उनले बताए।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस किसिमका अन्तर्राष्ट्रिय प्रमाणीकरणले अन्य होटल तथा रिसोर्टलाई पनि प्रेरणा मिलेको उल्लेख गरे। 'अन्तर्राष्ट्रिय सर्टिफिकेसनले गर्दा पर्यटन क्षेत्रमा दीगो अभ्यासलाई प्रोत्साहन गर्दछ। स्थानीय समुदायको सहभागितामा मात्र दीगो पर्यटन सम्भव हुन्छ,'उनले भने। 

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अबको भविष्य नै हरित पर्यटनमा भएकोले यस उपलब्धीले इको टुरिजममा थप टेवा पुग्‍ने बताए। कार्यक्रममा दिगो पर्यटन अवधारणा, रणनीति र भावि योजनाका बारेमा समूहगत छलफलसमेत भएको थियो।