
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले चीनको सुजिङ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले बाढीले भएको क्षतिबारे धारणा राख्दै यस्तो जानकारी गराएका हुन् ।
‘चीनको सल्लीभन्दा माथि सुजिङ ताल फुटेर यो भएको भन्ने कुरा चिनियाँतर्फको प्रारम्भिक जानकारी हाम्रो रसुवाको सिडिओले प्राप्त गरेको,’ सांसद महतले भने, ‘यो वर्षाको कारण नभई ताल फुटेर यो घटना भएको भन्ने आएको छ । धेरै ठुलो धनजनको क्षति भएको छ ।’
उनले भोटेकोशीको बाढीलाई सरकारले ‘वार्निङ साइन’ का रूपमा लिनुपर्ने पनि बताए ।