१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रियुगा नदीमा बेपत्ता व्यक्तिको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

उदयपुरमा नुहाउने क्रममा त्रियुगा नदीमा डुबेर बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ। सोमबार साँझा बेपत्ता भएका चौदण्डीगढी नगरपालिका– ६, कालीखोलाका ३० वर्षीय सुरज राईको शव आज मंगलबार फेला परेको हो।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार चौदण्डीगढी नगरपालिका– ५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा सुरज बेपत्ता भएका थिए।

इन्स्पेक्टर राईले भने, ‘सशस्त्र प्रहरी बल एक नम्बर बराहा बाहिनी इटहरीका सइ लेकजंग कार्की नेतृत्वको गोताखोर टोलीले पानीमुनिबाट शव निकालेको हो।’ अहिले पोस्टमार्टमका लागि शव नगर अस्पताल बेल्टार ल्याइएको छ। पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीको भनाइ छ।