१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोट–रसुवाको बाढी प्रभावित क्षेत्र स्थलगत निरीक्षणमा मुख्यमन्त्री लामा

उद्धारमा समन्वय गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षणका लागि मंगलबार बिहान नुवाकोट पुगेका छन्। काठमाडौंबाट बिहानै प्रस्थान गरेका मुख्यमन्त्री लामा त्यसपछि रसुवा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

गएरातिको अविरल वर्षापछि रसुवा जिल्लामा आएको बाढीका कारण जनधनको क्षति भएको समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री लामा प्रभावित क्षेत्रमा निरीक्षणका लागि पुगेका हुन्।

नुवाकोटका स्थायी बासिन्दासमेत रहेका मुख्यमन्त्री लामासँग सुरक्षा निकायका प्रमुख तथा स्थानीय प्रशासनका प्रतिनिधिहरू पनि टोलीमा सहभागी छन्। स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै मुख्यमन्त्री लामाले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल राहत तथा उद्धार कार्य अघि बढाउन निर्देशन दिएका छन्।

हालको अवस्थामा राहत वितरण सहज नभएको भन्दै उनले नागरिकलाई सुरक्षित स्थानमा सार्न प्रहरी प्रशासनलाई सक्रिय रहन निर्देशन दिएका छन्। मुख्यमन्त्री लामाले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत संघीय सरकारको गृह मन्त्रालय र विपत् व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार बाढीका कारण रसुवागढी हाइड्रो, त्रिशूली हाइड्रोपावरसहित विभिन्न संरचनामा क्षति पुगेको छ भने केही सर्वसाधारण हराइरहेका छन्। प्रदेश सरकारले स्रोत साधन जुटाएर उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री लामाले विपत् व्यवस्थापनमा सबै निकाय एकजुट भएर लाग्नुपर्ने बताएका छन्।