१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
२o८२ असार २४ मंगलबार o७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार o७:३६:oo

उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पक्टर बबिन राईका अनुसार भाँचिएको पुलमुनि नुहाउने क्रममा चौदण्डीगढी नगरपालिका– ६ कालीखोलाका ३० वर्षीय सुरज राई सोमबार साँझ बेपत्ता भएका हुन्। इन्स्पेक्टर राईका अनुसार बेपत्ता भएका राईसँगै स्थानीय सुरेश माझी र प्रताप राई पनि सोही स्थानमा नुहाउन गएका थिए। 

इन्स्पेक्टर राईले भने, ‘भाँचिएको पुलको स्ल्याबमुनि भुमरी परेर ठुलो खाल्डोजस्तो देखिन्छ। त्यहीँ डुबेर बेपत्ता भएको हुन सक्छन्। हामीले खोजी गर्दा भेटेका छैनौँ। अहिले सशस्त्र प्रहरीको गोताखोर टोली बोलाएका छौँ।’