
मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादव तीन लाख घुससहित पक्राउ परेका छन् । उनले व्यापारी विपिन कुमार पाण्डेय सो घुस लिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वडा नं. ३ अन्तर्गतका विभिन्न योजना सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि त्यसरी व्यापारीमार्फत घुस लिइएको हो ।
सिद्धार्थनगर नगरपालिका–९ स्थित ‘श्री गणेश ट्रेडिङ’का संचालक पाण्डेयमार्फत घुस लिदै गर्दा उनीहरु पक्राउ परेका हु्न्।