१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
रासस धनुषा
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेलको ठक्करबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, धनुषा
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एकजनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार जयनगर–जनकपुर–कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो।

‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका उनलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। हर्न बजाए पनि नसुन्दा उनको रेलले ठक्कर दिइ ज्यान गएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।