१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १४:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा भाले गैँडा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o८:oo

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १, ज्यामिरेस्थित खोलाकिनारमा एउटा भाले गैँडा मृत फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी १५ वर्षको गैँडा मृत फेला परेको हो। उक्त गैँडा एक–दुई महिना अगाडि नै मृत्यु भएकोजस्तो देखिएको प्रहरीले जनाएको छ। सडेगलेको अवस्थामा गैँडा मृत फेला परेको गैँडाबारे डिभिजन वन कार्यालय नवलपुरलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए। 

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी एवं वन अधिकृत शिशिर लम्सालले गैँडा कालगतिले मरेकोजस्तो देखिएको र खाग सुरक्षित रहेको जानकारी दिए। उनका अनुसार अहिले प्रहरीको सहयोगमा वन अधिकृतहरूको टोलीले गैँडाको शव पोस्टमार्टम गर्ने तयारी गरेको छ।