१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
२o८२ असार २२ आइतबार २o:२१:oo
Read Time : < 1 मिनेट
समाचार

लुम्बिनीमा नागरिक उन्मुक्तिद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार २o:२१:oo

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिएको छ। संघीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएसँगै लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समर्थन फिर्ता लिएको हो।

आइतबार समर्थन फिर्ताको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई इमेलमार्फत पठाएको सो पार्टीले जनाएको छ। नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टीले समर्थन फिर्ता लिएको पत्र इमेलमार्फत मुख्यमन्त्रीलाई पठाएको र त्यसको बोधार्थ प्रदेश सभालाई पठाएको बताए। नागरिक उन्मुक्तिबाट लुम्बिनी प्रदेशमा चारजना सांसद छन्।