१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:४७:oo
Read Time : < 1 मिनेट
अर्थ

पोखराका होटेल तथा रेस्टुरेन्टका सेफ र व्यवस्थापकहरूलाई स्वच्छ खाद्य सेवा तालिम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४७:oo

पोखराका होटेल तथा रेस्टुरेन्टहरूमा आउने पाहुनाहरूलाई सेवा दिने क्रममा स्वस्थ्य खाना कसरी खुवाउन सकिन्छ भन्ने सम्बन्धमा सेफ र व्यवस्थापकहरूलाई स्वच्छ खाद्य सेवा तालिम दिइएको छ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा उनीहरूलाई सुरक्षित र स्वच्छ खाद्य सेवासम्बन्धी तालिम दिएको हो ।

तालिममा सहभागीहरूलाई के कस्ता खाद्यवस्तु प्रयोग गरी खानालाई सुरक्षित बनाउन सकिन्छ सँगै भान्साघरको सुधार कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहाल, कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदीप काफ्लेले सहजीकरण गरेका थिए । 

तालिममा पोखराका होटेल तथा रेस्टुरेन्टमा कार्यरत ८० जना बढी सेफ र व्यवस्थापकहरू सहभागी रहेका आयोजक रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।

यसअघि तालिमको उद्घाटन सत्रमा पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पर्यटक एवं पाहुनाहरूको लागि खाना निकै महत्त्वपूर्ण रहेकाले उनीहरूलाई स्वास्थ्य खाना पस्किन आवश्यक रहेको बताएका थिए । तालिमपछि पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने भनाइ उनको थियो ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पाहुनालाई प्रदान गर्ने विभिन्न सेवाहरूमध्ये खानालाई विशेष महत्व दिएर काम गर्ने गरेको बताए । पाहुनाहरूलाई स्वस्थकर खाना कसरी प्रदान गर्ने भन्नेमा रेवानले समय समयमा मातहतका रेस्टुरेन्टमा कार्यरत सम्बन्धित कर्मचारीहरूलाई खाद्य सचेतनासम्बन्धी विषयमा सहजीकरण गर्दै आएको छ ।