१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ असार २२ आइतबार १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिसुवाखोलामा बेवारिसे शव फेला

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार १८:५६:oo

संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. १ र २ को सिमानामा पर्ने सिसुवाखोलामा बेवारिसे शव फेला परेको छ। आज आइतबार दिउँसो करिब पौने ४ बजेतिर सिसुवाखोलाको निर्माणाधीन पुलमुनि अन्दाजी २३/२४ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

खबर प्राप्त हुनेबित्तिकै सिसुवाटार प्रहरी चौकीबाट प्रनानि रुद्रप्रसाद खड्काको कमान्डमा चारजनाको टोली खटिएको र घटनाको थप अनुसन्धानका लागि सदरमुकाम खाँदबारीबाट आफ्नै नेतृत्वमा टोली लिएर जाँदै गरेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

अहिलेसम्म शवको पहिचान हुन नसकेको छैन भने पुलमुनिबाट प्रहरी र स्थानीयको सहयोगमा शव बाहिर निकालिएको छ। घटनाको अनुसन्धानपछि मात्रै थप विवरण दिन सकिने प्रहरीको भनाइ छ।