१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
२o८२ असार २२ आइतबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार १४:o२:oo

उदयपुरको कटारी नगरपालिका– ८ मा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाईंका अनुसार दुर्घटनामा कटारी नगरपालिका– १० घर भएका चालक २२ वर्षीय नवीन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

उनका अनुसार शनिबार सिद्धिचरण लोकमार्गको सिरिसे खण्डको दमारमा को.१क २७९५ नम्बरको जेसिबी अनियन्त्रित भएर सडकबाट ६० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। उनले भने, ‘मृतक चालकको शव कटारी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।’