१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format २१:४१:oo
Read Time : > 1 मिनेट
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याएपछि जनता नमुना माविका पूर्वविद्यार्थी र शिक्षकले गरे खुसी साटासाट

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format २१:४१:oo

आन्तरिक कलह र अनियमितताका कारण बन्द भैसकेको विराटनगर–२, शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयले पूर्वविद्यार्थी र शिक्षकको प्रयासमा एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएपछि खुसी साटासाट गरेका छन्। 

००९ सालमा स्थापना भएको यस विद्यालयमा विद्यार्थी घटेका कारण महानगरले मर्ज गर्ने तयारी गरेको थियो। तर, विद्यालयलाई पूर्वविद्यार्थीहरूले तीन वर्षमै ‘सुपरटप’ बनाउँदै एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल बताएका हुन्। 

यस वर्षको एसइई परीक्षामा जनता नमुना माविले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ। पूर्वविद्यार्थीहरूको सक्रियताले तीन वर्षभित्रै विद्यालयको भौतिक मात्र नभएर शैक्षिकस्तरमा समेत उत्कृष्ट सुधार आएपछि  विद्यालयले शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरेर विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र अभिभावकले खुसी साटासाट गरेको हो । 

पूर्वविद्यार्थी संघका अध्यक्ष उमेशकुमार भगतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकहरू ईश्वरप्रसाद घिमिरे, चिन्तामणि रिजाल, शंकर पोखरेल, शिवनारायण यादव, रमेश अधिकारी, अरुण कोइराला र मञ्जु खनाललाई नगदसहित सम्मान गरिएको थियो।   

यसैगरी, पूर्वविद्यार्थी तथा व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह, राष्ट्रिय विद्यालय सुधार अभियानका संयोजक अभिषेक घिमिरे र पत्रकार विजय खतिवडालाई  पनि सम्मान गरिएको थियो। साथै, पूर्वविद्यार्थी संघको अनुरोधमा स्नातकोत्तर क्याम्पसका पूर्वविद्यार्थी प्रमुख डा. मनोजकुमार राउतलाई विशेष सम्मान गरिएको थियो। राउतले आफैँ उपस्थित भएर विद्यालयमा गणित विषय निःशुल्क पढाएका थिए। 

कार्यक्रममा छात्र–छात्राले सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए भने विदेशमा रहेका पूर्वविद्यार्थीहरूले बधाई दिँदै भविष्यमा अझै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

उक्त विद्यालयलाई विराटनगर महानगरपालिकाले एक किलोमिटर उत्तरमा रहेको पोखरियामा माविमा मर्ज गराउन प्रक्रिया थालिसकेको थियो। तर, पूर्वविद्यार्थीहरूले आफू पढेको विद्यालयको मायाले गर्दा व्यावस्थापन समितिको नेतृत्व मात्र लिएनन्, सक्दो सहयोग गर्नेदेखि स्रोत जुटाउने र निःशुल्क पढाउने काम पनि गरेका थिए। जसले गर्दा तीन वर्षमा विद्यालयमा शौचालय, कक्षा कोठा, सभाहल, बालमैत्री कक्षा, बाल उद्यानदेखि विज्ञान र कम्प्युटर ल्याब थपिएका छन्। विद्यालयलाई पूर्वविद्यार्थीको पहलबाटै रोटरी क्लबबाट ५६ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।