१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार

विज्ञान प्रदर्शनीमा नवीन मावि प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार १९:३७:oo

सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल प्रथम भएको छ ।

रुपन्देही र नवलपरासी पश्चिम दुई जिल्लाका दश विद्यालयको सहभागितामा शनिबार बुटवलमा सम्पन्न विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल प्रथम, कान्ति मावि बुटवल द्वितीय र होराइजन गौतम बुद्ध स्कुल तिलोत्तमा तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

नवीन माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यक्रममा कालिका मानवज्ञान मावि, शान्ति नमुना मावि, त्रिभुवन मावि, वेलटारी जनसेवा मावि, एभरेष्ट मावि, लुम्बिनी ज्ञान निकेतन मावि र न्यू होराइजन माविको सहभागिता थियो ।

त्यस्तै, सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको संयोजकत्वमा रहेको निर्णायक मण्डलमा प्राडा रमेश नारायण त्रिपाठी भौतिक शास्त्र, उपप्राध्यापक डा. मुर्तीराम पौडेल जीव विज्ञान, वसन्तराज खनाल रसायनशास्त्र, लेखनाथ पन्थ आइटी विज्ञ, ई. गौरव रिजाल सिभिल ईन्जिनियरिङ् र ई. शिवकुमार पंगेनी मेकानिकल रहेका थिए ।  

सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश सचिव बसन्तप्रसाद कोइराला, सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक नारायणप्रसाद पोखरेल, सामाजिक विकास मन्त्रालय उच्च शिक्षा महाशाखाका प्रमुख विष्णुप्रसाद पन्थी, शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले धारणा राखेका थिए ।