१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २१ शनिबार १९:३१:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

बेलायतबाट फर्केर ब्युटिसियन दुर्गाले खोलिन एकेडेमी

बत्तीसपुतलीमा सिग्नेचर हेयर एण्ड ब्युटी लाउञ्ज एकेडेमी सञ्चालनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार १९:३१:oo

काठमाडौंको बत्तीसपुतलीमा सिग्नेचर हेयर एण्ड ब्युटी लाउञ्ज एकेडेमी सञ्चालनमा आएको छ । बेलायत निवासी ब्युटिसियन दुर्गा घलेले शनिबारदेखि वत्तीसपुतलीस्थित राष्ट्रिय वाणिज्य बैंकसँगै जोडिएको घरमा हेयर एण्ड ब्युटी लञ्ज एकेडेमी सञ्चालनमा  ल्याएकी हुन् ।
एकेडेमीको उद्घाटन उपसभामुख इन्दिरा राना र नेपालको पहिलो ब्युटिसियन कमला श्रेष्ठले संयुक्त रुपमा गरे ।  

उद्घाटन समारोहमा उपसभामुख रानाले आफ्नै देशमा केही गर्नु सह्रानीय भएको बताइन् । ‘लण्डनको सीप र पुँजी यहाँ ल्याएर त्यही गुणस्तरमा सेवा दिने जमर्काे गर्नु खुसीको कुरा हो । अझै मेहनत गर्नुस्,’ उनले शुभकामना दिइन् ।

नेपालको पहिलो ब्युटिसियन श्रेष्ठले लण्डनबाट मातृभूमि फर्केर ब्युटिसियन उद्यमलाई निरन्तरता दिँदा गर्व लागेको बताइन् । उनले बेलायतको अनुभव नेपालका नयाँ पुस्तलाई उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

काठमाडौं वडा नम्बर ९ का वडासदस्य श्रीराम राईले लण्डनबाट सीप सिकाउने, रोजगार सिर्जना गर्ने उद्देश्यले एकेडेमी सञ्चालन हुनु खुसीको कुरा भएको बताए । ‘लण्डनमा केही कमी थिएन, तर देशमा केही गर्नुपर्छ, सिकाउनुपर्छ भनेर आउनु खुसीको कुरा हो । आफ्नो कला, कौशलता, परिश्रम, प्रतिभा लिएर आउनुभएको छ । नेपालमा केही गर्न सकिन्छ भन्ने सन्देश ल्याउनुभएको छ,’ उनले भने, ‘एकेडेमीले रोजगारको सिर्जना हुन्छ । काम सिक्ने र जान्ने अवसर हुन्छ । वडाको सधै सहयोग र हात रहनेछ ।’

उद्घाटन समारोहमा कलाकारहरु, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति र सौन्दर्य क्षेत्रका हस्तीहरुको उपस्थिति थियो ।

लण्डनबाट फर्केर एकेडेमी सञ्चालन

दुर्गा घलेले सन् २००८ देखि बेलायतको क्याम्बर्लीमा सिग्नेचर हेयर एण्ड ब्युटि सलुन चलाउँदै आएकी छन् । ब्रिटिस गोर्खा सैनिकसँग विहे गरेर १९९४ मा बेलायत गएकी दुर्गा बेलायतमा सलुन चलाउने पहिलो नेपाली महिना हुन् । अहिले नेपाल फर्केर उनले नयाँ पुस्तालाई प्रशिक्षणसमेत दिनेगरी एकेडेमी खोलेकी हुन् ।

दुर्गाले लन्डन हेयर एकेडेमीमा हेयर र ब्युटीको कोर्स पढेकी हुन् । त्यहाँ मसाज, थेरापिस्ट, मेकअप आर्टिस्ट, मेल हेयर ग्रुमिङ पनि पढेर सलुन खोलेको उनले बताइन् । बेलायत झण्डै २० वर्ष सलुन चलाएकी घलेलाई कोभिडपछि नेपालमा पनि सञ्चालन गर्ने सोच आयो । ‘परदेशमा बसेर सीप सिकियो । प्रविधि पनि सिकियो । अब यसलाई आफ्नै देशमा पुर्याउनुपर्छ । सिकेको सीप युवा पुस्तालाई सिकाउनुपर्छ भनेर आए,’ घलेले भनिन् । घलेले आफूलाई एकेडेमीबाट पैसा कमाउनेभन्दा पनि नेपाली युवालाई रोजगारी दिने र सीप हस्तान्तरण गर्न खोजेको बताइन् । ‘नेपालमा खोलेर छोरी मान्छे होस् वा छोरा मान्छे सबैलाई रोजगार दिउ, अनि मेरो उताको नलेज मैले यहाँ दिउ, नेपालमा पनि गरौं भन्ने हो,’ उनले भनिन्, ‘म उतै पढेको हुनाले अलिकति हेल्थ एण्ड सेफ्टी हाइजिनहरु नेपालमा फरक पाए । अनि त्यही भएको हुनाले पनि अहिले उताकै तरिकाले सञ्चालन गरेको हुँ ।’

घलेकाअनुसार सिग्नेचर हेयर एण्ड ब्युटी लञ्ज एकेडेमीमा माइक्रो डर्मोबेसनहरु, मेसिनहरु छन् । ‘जसको प्रयोग भनेको नन सर्जिक ट्रिटमेन्ट हो । सर्जिकल नगरिकन पिग्मेन्टेसन रिङकल कन्ट्रोलहरु हो,’ उनले भनिन् ।  

एकेडेमी लेडिज र जेन्ट्स सबैको लागि हो । हेयर, ब्युटी, मसाज, थेरापीको सुविधा छ । एकेडेमीको सलुनमा आठ जना कार्यरत छन् । यसको सेवाहरु सबै वर्गका उपभोक्ताले लिन सक्ने घले बताउँछिन् ।

तालिम केन्द्र

घलेकाअनुसार एकेडेमीमा सलुनका साथै तालिम पनि सञ्चालन हुनेछ । एकेडेमीले सबै हेयर, ब्युटी मेकअपलगायत तालिममार्फत सिकाउनेछ । ‘एकेडेमीमा बेलायतको उत्पादनहरु छ । सेलिब्रेटीले प्रयोग गर्ने क्रिस्टल क्लियर भन्ने लोकप्रिय प्रविधि यहाँ राखिएको छ । यो मेसिनको न्युनतम मूल्य २०/२५ लाख पर्छ । यसले स्किन सन ड्यामेजलाई रिमुभ गर्छ । सर्जिकल गर्नुपर्दैन । नन केमिकल हो । अनि पिगमेन्टेसन, चाया, रिङकल, स्किन लिफ्टिङ सुविधा पनि छ,’ उनले भनिन् ।  

आफ्नै घरमा सञ्चालन गरेको एकेडेमीको सामग्री र कामदारमात्रै लगानी भएको उनले बताइन् । ‘गुणस्तरीय, नेचुरल, अर्गानिक ट्रिटमेन्ट दिने कोसिस गर्छाैं,’ उनले भनिन् ।