१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार o७:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चार सय सात रनमा रोकियो इंग्ल्यान्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार o७:३८:oo

भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा शुक्रबार इंग्ल्यान्ड चार सय सात रनमा समेटिएको छ । भारतले पहिलो ब्याटिङ गरी पहिलो इनिङ्समा सब विकेट गुमाएर पाँच सय ८७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्स बलियो बनाउन सकेन । भारतले पहिलो इनिङ्समा इंग्ल्यान्डविरुद्ध एक सय ८० रनको अग्रता लियो । 

पहिलो इनिङ्समा इंग्ल्यान्ड एक समय निकै बलियो अवस्थामा थियो । ह्यारी ब्रुक र जेमिए स्मिथले छैटौँ विकेटका लागि तीन सय तीन रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई ८४–५ बाट ३८७–६ को अवस्थामा राखे । ह्यारीको विकेटसँगै इंग्ल्यान्डको पतन सुरु भयो । इंग्ल्यान्डले थप चार विकेट २० रनको अन्तरमा गुमाएको थियो । नटआउट रहेका स्मिथले एक सय ८४ रनको योगदान दिए । 

उनले २०७ बलमा २१ चौका र चार छक्का प्रहार गरेका थिए । ह्यारी बु्रकले २३४ बलमा एक सय ५८ रन बटुले । उनले १७ चौका र एक छक्का प्रहार गरेका थिए । बलिङमा भारतका लागि आकाश दीपले ८८ रन खर्चेर चार विकेट हात पारे । मोहमद सिराजले ७० रन खर्चेर इंग्ल्यान्डको सर्वाधिक ६ विकेट लिए । इंग्ल्यान्डको ब्याटिङमा ६ खेलाडीले शून्य रनमा आउट भए । 

यसअघि भारतको पहिलो इनिङ्सको ब्याटिङमा कप्तान शुभमन गिलले दुई सय ६९ रनको दोहोरो शतकीय योगदान दिएका थिए । इंग्ल्यान्डको भूमिमा भारतीय कप्तानका रूपमा उनले सर्वाधिक व्यक्तिगत रनको कीर्तिमानसमेत बनाएका छन् । भारतका लागि पहिलो इनिङ्समा ओपनर यशस्वी जैसवालले ८७ रन बनाएका थिए ।