१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी यू–१६ इस्ट जोन कप फाइनल : नेपालले टस हारेर बलिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o५:oo

मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिंगापुरले टस जितेको छ । टस जित्दै सिंगापुरले ब्याटिङ राेजेकाे छ । नेपालले टस हारेर बलिङ गर्दै छ ।

लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गरेको नेपालले पाँच खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ । यही प्रदर्शनलाई निरन्तरता दिँदै सिंगापुरलाई उपाधि भिडन्तमा निराश बनाउने लक्ष्य नेपालको छ । नेपालले सेमिफाइनलमा साबिक उपविजेता तथा घरेलु टोली मलेसियामाथि नौ विकेटको सानदार जित निकाल्दै अन्तिम दुई स्थान रक्षा गरेको हो । 

नेपाल र सिंगापुर यस प्रतियोगितामा दोस्रोपटक आमनेसामने भएका छन् । यसअघि समूह ‘ए’मा नेपालले सिंगापुरमाथि सानदार जित निकालेको थियो । सिंगापुरले त्यसपछि लगातार चार खेलमा दरिलो प्रदर्शन गरेको छ । फाइनलअघि सिंगापुरको मनोबल उच्च छ । उनीहरूको प्रयास पनि नेपाललाई स्तब्ध पार्दै उपाधि जित्ने नै हो । सिंगापुर र नेपाल उत्कृष्ट फर्ममा रहँदा उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा छ । 

सिंगापुरले उमेर समूहमा पहिलोपटक हङकङलाई सेमिफाइनलमा सहजै हराएको थियो । कडा प्रतिद्वन्द्वीलाई पन्छाएको सिंगापुरले समूह चरणमा नेपालसँगको कमजोर प्रदर्शन नदोहोर्‍याउने पक्षमा छ । अहिले सिंगापुरका बलर र ब्याट्सम्यानले एकरूपताका साथ प्रदर्शन गरेका छन् । यसैको सहयोगमा नेपाललाई दुवै इनिङ्समा दबाब दिने उनीहरूको प्रयास हुनेछ । 

प्रतियोगिताको व्यक्तिगत प्रदर्शनमा सिंगापुरका खेलाडी पनि अगाडि छन् । लगभग सबैजसो विधामा नेपाल र सिंगापुरका खेलाडीले शीर्ष पाँचभित्र स्थान बनाएका छन् । यसले पनि सिंगापुरले फाइनलमा नेपाललाई चुनौती दिन सक्ने आधार देखिन्छ । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग हारेको इतिहास छैन । नेपाल यसलाई निरन्तरता दिने प्रयासमा हुनेछ ।