१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २० शुक्रबार १४:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सत्ताबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १४:o२:oo

नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा बस्ने घोषणा गरेकी छिन् । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई  कुनै औपचारिक संवाद, कारण वा प्रक्रियाविना हटाइएपछि उनले विरोध गर्दै आएकी थिइन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफ्ना सांसदहरूको बेइज्जती भएको र सांसदको बेइज्जती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासकाे अवमूल्यन भएको जनाइन् । उनले अब आफूहरू सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने बताइन् । 

मन्त्री चौधरीलाई बर्खास्त गर्ने  कार्य केवल असंवैधानिक मात्र नभई अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण भएको उल्लेख गरिन् । ‘हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौँ। पार्टीभित्र गहिरो छलफल र पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूको दृढ मार्गदर्शनअनुसार नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको छ। यो निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान र जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम हो,’ उनले भनेकी छिन् । 

नागरिक उन्मुक्ति पार्टीको संघीय संसदमा चार, मधेशमा एक, लुम्बिनीमा चार र सुदूरपश्चिममा सातजना सांसद सहभागी छन् ।  यो  उपस्थिति केवल सांसदहरूको संख्यामा मात्र सीमित नभई जनताको भरोसा, संविधानप्रतिकाे  निष्ठा र उत्पीडित समुदायहरूको आवाजको प्रतिनिधित्व भएको उल्लेख गरिन् ।