१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काँक्रेविहार
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काँक्रेविहार
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

कर्णाली राजमार्गअन्तर्गत कालीकोटकाे तिलागुफा नगरपालिका– ६ गोठीभिरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउनुहुनसमेत अनुरोध गर्दछौँ ।’