१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद

टेष्ट कप्तानीपछि लगातार दुई खेलमा गिलको सतक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:५७:oo

भारतको राष्ट्रिय क्रिकेट टिमका टेष्ट कप्तान बनेका शुभमन गिलले कप्तानी सम्हालेपछि लगातार दोस्रो खेलमा सतक प्रहार गरेका छन्। इंल्याण्डविरुद्धको टेष्ट श्रृङखलाको दोस्रो खेलमा पनि बुधबार उनले सतक प्रहार गरेका छन्। 

दोस्रो खेलमा उनी ११४ रनमा अविजित छन्। टस हारेर पहिले ब्याटीङ गरेको भारतले पहिलो दिनको खेलमा ५ विकेट गुमाएर ३१० रन जोडेको छ। 

श्रृङखलाअन्र्तगत पहिलो खेलमा पनि गिलले शतक प्रहार गरेका थिए। गिलसहित भारतका खेलाडीले पाँच शतक बनाएको सो खेलमा इंल्याण्ड विजयी भएको थियो। 

यसरी टेष्ट कप्तान भएपछि लगातार दुई सतक बनाउने गिल सातौं खेलाडी हुन्। यसअघि एलेष्टकर कुकले ५, स्टिभन स्मिथ ३ तथा ज्याकी म्याकग्लो, विजय हरारे, सुनिल गावास्कर र विराट कोहलीले कप्तान भएपछि लगातार दुई सतक बनाएका थिए। 

भारतीय टेष्ट टिमका कप्तान रोहित शर्माले टेष्ट खेलबाट सन्यास लिएपछि युवा खेलाडी गिलले कप्तानीको जिम्मेवारी पाएका हुन्।