१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार २o:५o:oo
Read Time : > 1 मिनेट
समाचार

लुम्बिनी प्रदेश सभा बैठक सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार २o:५o:oo

लुम्बिनी प्रदेश सभाको छैटाैँ अधिवेशनअन्तर्गत १४औँ बैठक सुरु भएको छ । दिउँसो ३ बजे बैठक बसे पनि प्रतिपक्ष दलको अवरोधका कारण स्थगित भएको बैठक अबरे सुरु भएको हो।

प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दल अनुपस्थित रहेपछि यहाँ लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल प्रतिपक्षको रूपमा सदनमा उपस्थित भएपछि बैठक सुरु भएको हो। लोकतान्त्रिक समाजवादी यसअघि सत्तापक्षमा थियो । आज मात्रै यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको हो । आज पहिला बसेका बैठकमा लोसपा सत्तापक्षमा बसेको थियो । प्रतिपक्षविना संसद् बैठक अगाडि बढ्न समस्या भएपछि लोसपालाई प्रतिपक्षमा खडा गरिएको थियो। लोसपा पतिपक्षमा गएपछि जसपा पनि लोसपासँगै बैठकमा सहभागी भएको थियो। यसअघिको आजको बैठकमा जसपा प्रमुख प्रतिपक्षसहितका दलहरूसँगै अनुपस्थित रहेको थियो।

बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी, राप्रपा, राष्ट्रिय जनमार्चा र नेकपा एस सहभागी भएका छैनन्।

बैठकको सुरुमा छुटेका योजनाहरू समावेश गर्ने आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सदनमा ‘आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

सैद्धान्तिक छलफल सकियो
लुम्बिनी प्रदेश सभाको छैटाैँ अधिवेशनअन्तर्गत १४औँ बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को सैद्धान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित ‘आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । सैद्धान्तिक छलफलममा प्रदेश सभा सदस्य विष्णु पन्थी, कनैया बनियाँ, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले भाग लिएका थिए ।

बैठकमा आर्थिक मामिलामन्त्री कार्कीले आर्थिक वर्ष ०८२/८३ सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका थिए। यस्तै, प्रदेश सभाको १५औँ बैठक आज साँझ साढे ८ बजेका लागि बोलाइएको छ।

यसअघि प्रदेश सरकारले १ असारमा बजेट प्रस्तुत गरेको थियो। त्यसयता १७औँ दिनमा मात्रै बैठक बसेको हो। यसअघिको बैठक ७ असारका लागि तोकिए पनि विविध कारणले स्थगित गरिएको थियो।

‘विकृतिको विरोध गरेका हौँ, सरकारको प्रतिबद्धता खोजेका छौँ : माओवादी
बजेटमा विकृति देखिएपछि आफूहरूले विरोध गरेको माओवादीका प्रमुख सचेतक इन्द्रजित थारूले बताए। ‘हामीले विकृतिको विरोध गरेका हौँ, बजेटमा देखिएका बेथिति रोक्ने प्रतिबद्धता खोजेका हौँ,’ उनले भने, ‘मुख्यमन्त्रीले सम्बोधन गरेर प्रतिबद्धता जनाएपछि बैठक सुचारु गर्ने भनेका थियौँ। मंगलबार ढिला भएकाले बुधबारबाट बैठक सुरु गरौँ भन्ने प्रस्ताव राखेका थियौँ। तर, उहाँहरूले  मान्नुभएन। आजै सुरु गर्नुभयो र नयाँ प्रतिपक्ष बनाएर चलाइरहनुभएको छ, हामी भोलिदेखि सहभागी हुन्छौँ।