१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरू सम्पन्न गरेको छ।

बैंकले शिक्षालाई प्रोत्साहन दिँदै सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका–५ स्थित श्री नवप्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ छात्र–छात्राहरूलाई विद्यालय पोसाक उपलब्ध गराएको छ। 

त्यसैगरी, बैंकले कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगर–४ मा अवस्थित प्रदेश अस्पताल सुर्खेतलाई १० थान ह्विलचेयरहरू प्रदान गरेको छ। साथै, कोशी प्रदेशस्थित जिल्ला अस्पताल धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उद्देश्यले ७ थान तीन सिटर कुर्सी हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यसबाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरतालगायतका क्षेत्रहरूमा निरन्तर सकारात्मक योगदान पुर्याउँदै आएको जनाएको छ।