१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ब्रान्ड एम्बेसडर खोज्ने ‘फेस अफ एसवाई’ सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३३:oo

एसवाई इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको ‘फेस अफ एसवाई–२०८२’ (ब्रान्ड एम्बेसडर हन्ट) सुरु भएको छ। नेपालकै पहिलो ठुलो ब्रान्ड एम्बेसडर हन्ट यो प्रतियोगितामा दुई करोडभन्दा बढी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

मोडलिङमा लाग्न चाहने तथा आफ्ना लुकेका प्रतिभा उजागर गर्न यो प्लाटफर्म निकै उपयोगी साबित हुने एसवाई इन्टरटेन्टमेन्टका निर्देशक विमलराज गोसाईंले बताए। उनका अनुसार यसले नेपाली प्रतिभालाई राष्ट्रिय सतहमा प्रोत्साहित गर्ने मात्र नभई डिजिटल प्लाटफर्ममा हरेक वर्गका प्रतिभालाई परिचित गराउने र अनुकरणीय बनाउने अवसर दिनेछ। 

प्रतियोगितामा जुनसुकै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा प्रतिस्पर्धामार्फत मुख्य तीनजना ब्रान्ड एम्बेसडरहरू छनाेट गरिने र पुरस्कृत गरिने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यो कार्यक्रम जुन १ बाट सुरु भई आगामी जनवरी ३१ सम्म चल्नेछ। चरणबद्ध रूपमा हुने कार्यक्रमको पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने कम्पनीले बताएको छ।

भिडियो बनाउने पहिलो चरणबाट उत्कृष्ट पाँच सयजनालाई छनोट गरिने कम्पनीले बताएको छ। साथै, हातै खाली नहुने गरी छनाेट भएका पाँच सयजनालाई नै दुई हजारबराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिने कम्पनीको भनाइ छ।

पहिलो चरणबाट छनाेटमा पर्न सफल उत्कृष्ट १५० जनालाई दोस्रो चरणमा लगिनेछ। त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँबराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिनेछ। साथै, दोस्रो चरणबाट छनाेट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिने र फाइनल अडिसन काठमाडौंमा हुने एसवाई इन्टरटेनमेन्टले बताएको छ।

अन्तिम उत्कृष्ट छनाेट भएका २५ जनालाई विभिन्न चरण गरेर प्रशिक्षण दिइनेछ। फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुने र यसपछि फर्स्ट रनरअप, सेकेन्ड रनरअप छनाेट हुनेछन्।

टाइटल विजेतालाई नगद पाँच लाख पुरस्कारका साथै एक करोड रुपैयाँबराबरको एक वर्षको कन्ट्रयाक्ट गरिने कम्पनीले बताएको छ। यसमा सर्तहरू लागू गरी करकट्टी गरेर रकम प्रदान गरिनेछ। प्रतियोगिताबाट उत्कृष्ट फर्स्ट रनरअपलाई चार लाख नगद पुरस्कार र ५० लाख रुपैयाँबराबरको कन्ट्रयाक्ट हुनेछ।

सेकेन्ड रनरअपलाई तीन लाख नगद पुरस्कारका साथै ३० लाख रुपैयाँबराबरको कन्ट्रयाक्ट हुनेछ भने बाँकी उत्कृष्ट सातजनालाई पपुलारिटी अवार्ड दिइनेछ। उनीहरूलाई प्रतिव्यक्ति डेढ–डेढ लाख रकम दिइने कम्पनीले बताएको छ। प्रतियोगितामा सहभागीहरूको मूल्यांकनको आधार फरकफरक हुनेछ।