१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कप्तान किरण बने ब्रान्ड एम्बेसडर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३६:oo

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आइटी सूत्र इंकको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधान प्रदान गर्दै आएको आइटी कन्सल्टिङ कम्पनीले किरणलाई तीन वर्षका लागि सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

सम्झौता ३० लाख रुपैयाँबराबरको रहेको उल्लेख गर्दै आइटी सूत्रले सम्झौताले प्रविधि र खेलकुद दुई क्षेत्रलाई जोडेको बताएको छ । कम्पनीका सिइओ पंकज श्रेष्ठले खेलकुदको मैदानमा मात्रै नभएर किरण नेपाली युवाका लागि प्रेरणाको स्रोत भएको बताए ।

किरण अहिले अमेरिका भ्रमणमा छन् । डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्दै आएका किरण राष्ट्रिय टोलीबाट एक सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडीको हुन् ।

उनले भारत र माल्दिभ्सबाट व्यावसायिक फुटबल खेलेका छन् । घरेलु फुटबलमा थ्री स्टार क्लब, मच्छिन्द्र क्लब तथा नेपाल सुपर लिगअन्तर्गत धनगढी एफसीबाट प्रतिनिधित्व गरेका छन् ।