
वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, नार्केमा राजमार्ग अविरल वर्षाका कारण सडकमाथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको र जेसिबी प्रयोग गरी लेदो हटाएर एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका डिएसपी मीनबहादुर घलेले बताए। लेदोका कारण सडक बन्द हुँदा सयौँ सवारीसाधन रोकिएका थिए।
गत वर्षको बाढीपहिरोका कारण क्षतविक्षत भएको बिपी राजमार्ग पुनर्निर्माण हुन सकेको छैन। जोखिमका कारण बेलुकाको समयमा सो सडकखण्डमा सवारी चलान रोक लगाइएको छ।