१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा : बैठक बस्दै नबसी १९ गतेका लागि सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२४:oo

बागमती प्रदेश सभाको सोमबारको बैठक स्थगित भएको छ। सोमबारदेखि बजेटमाथि छलफल गर्ने गरी बोलाइएको बैठक बस्दै नबसी आउँदो १९ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको हो।

सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक बस्न नसकेपछि अपरान्ह ४ बजेका लागि सारिएको थियो। सोमबारको प्रदेश सभा बैठक पनि सत्तारूढ दलहरूकै आन्तरिक असमझदारीका कारण बस्न नसकेको हो।

यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको थियो।