१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपतजन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबिच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ । 

शहरी विकास मन्त्रालयमा सोमबार भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी रूपमा प्रवाह गर्ने निर्णय गरेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

भारी वर्षा भएको समय र सो क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरुङबीच छलफल भएको हो । सो क्रममा सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसम पूर्वानुमानअनुसार पूर्वसूचनालाई प्रभावकारी बनाउन सके सम्भावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए ।