१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईले ल्यायो धानखेती कर्जा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसका अवसरमा धानखेती कर्जा सार्वजनिक गरेको छ । दुई वर्षमा नेपाललाई धानमा आत्मनिर्भर बनाउने सरकारको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धानखेती कर्जा सार्वजनिक गरेको हो । 

योजनामा कृषकले धानको बिउ, रासायनिक तथा जैबिक मल, कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतीयोग्य जमिनको सदुपयोग गर्न धानखेती गरी कृषकको आम्दानी बढाई कृिष पेसालाई मर्यादित र व्यावसायिक बनाई कृषकलाई प्रोत्साहन गर्न यो कर्जा योजना ल्याइएको बैंकको भनाइ छ । 

साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका– १, राधाकृष्ण मन्दिरनजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाइँ कार्यक्रम पनि आयोजना गरेको थियो । बैंकका सिइओ सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो ।  

सिइओ रेग्मीले नेपाल सरकारको रणनीतिअनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रम आयोजना गर्ने गरेको उल्लेख गरे । धानखेती कर्जाले पनि कृषकलाई धानखेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।