१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा राष्ट्रपति नै मुछिए पनि कारबाही गरौँ : ज्ञानेन्द्र शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति नै बन्नुपर्ने र यदि भिजिट भिसा प्रकरणमा गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति जोडिए पनि कारबाही गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएकाे उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताएका हुन्। उनले यस मुद्दालाई कुनै दलविशेषको एजेन्डा नबनाएर सबैले साझा एजेन्डाको रूपमा अगाडि लैजानुपर्ने बताए।

‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त एक–अर्काप्रति आरोप–प्रत्यारोप गरौँला, तर नेपाली जनताले चाहिँ के भन्छन्?’ उनले भने, ‘आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ। ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ। आज हामीले उनीहरूको चीत्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरू मन्त्री, प्रधानमन्त्री जो भए पनि कारबाही गर्नुपर्छ कि पर्दैन। त्यसकारण सबै एकठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाऔँ।’ उनले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेकोसमेत आरोप लगाए।