१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी यू-१६ इस्ट जोन : नेपालको लगातार तेस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

एसिसी यू–१६ इस्ट जोनअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनले पराजित गर्‍यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेसियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए ।

७.३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए । पहिले ब्याटिङ गरेको नेपालका लागि प्रसिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।