
एसिसी यू–१६ इस्ट जोनअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनले पराजित गर्यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेसियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्यो । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए ।
७.३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए । पहिले ब्याटिङ गरेको नेपालका लागि प्रसिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।