१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसबिआई मर्चेन्ट बैंकिङको सिइओमा भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१३:oo

नेपाल एसबिआई मर्चेट बैंकिङकोे प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । १३ असारमा बसेको सञ्चालक समितिको ७१औँ बैठकले शुक्रबारदेखि नै लागू हुने गरी भण्डारीलाई नियुक्त गरेको हो । यसअघि भण्डारी नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारीमा थिए । 

बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य–अनुभव भएका भण्डारी स्रोतसाधन परिचालन तथा व्यवस्थापन नेतृत्वमा कुशल मानिन्छन् । एसबिआई मर्चेन्ट एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । यसको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदातालगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।